|

डडेल्धुरा :  डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण राजमार्गमा सवारी आवागमन रोकिएको छ।

अमरगढी नगरपालिका ७ को भालुमारेमा आइतबार बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध भएको हो। अवरुद्ध राजमार्ग खुलाउन अमरगढी नगरपालिकाको डोजर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार पहिरो र रुखका कारण सडक पूर्ण रुपमा भने अवरुद्ध भएको छैन्। 

मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहेको भएपनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन्। लगातारको वर्षा र हिमपातपछिको पहिरोले ३ जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.