दुई मन्त्रालय अझै खाली

|

इटहरी : प्रदेश एक सरकार गठन भएको दुई वर्ष बित्‍न लाग्दा मूख्यमन्त्री शेरधन राईले बल्ल मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन्‌।

प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छ। प्रदेश १ मुख्यमन्त्री कार्यलयका अनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ। 

नयाँ मन्त्री हुनेहरुमा पूर्व एमाले बाट ३ र पूर्व माओवादी केन्द्र बाट १ जनाको नाम चर्चामा छ। पूर्व एमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री झापाकी जसमाया गजमेर, कृषि राज्यमन्त्री इलामका राम रानामगर र पूर्व-माओवादीका तर्फबाट मोरङका विजय विश्वास सामाजिक विकास राज्यमन्त्री बन्‍ने भएका हुन्। 

यससँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ। अहिलेलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थप्‍न लागेका हुन्। केही समयपछि दुई मन्त्री थप्‍ने  तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.