४ बजे बस्‍ने सचिवालय बैठकले निर्णय लिने

|

काठमाडौं : प्रतिनिधि सभाको सभामुखका लागि नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा नाममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमति नजिक पुगेका छन्। 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार बालुवाटारमा भएको २ घण्टा लामो भेटवार्तामा सापकोटालाई सभामुख बनाउन सहमति नजिक पुगेका हुन्।

सत्तारुढ नेकपाले प्रतिनिधि सभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थागित हुँदै आएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएसँगै सभामुख पद रिक्त थियो। 

सभामुखका उम्मेदवारबारे निर्णय लिन नेकपाको सचिवालय बैठक आइतवारै अपरान्ह ४ बजे डाकिएको छ। ओली-प्रचण्डले सहमति जुटाएको नाम सचिवालयमा पेश गरेपछि सभामुखका उम्मेदवारको नाम पक्का हुनेछ।

यसअघि सभामुखमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ-आफ्नो अडानले सभामुख चयन गर्न सकिएको थिएन। प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा थिए। यता, उसभामुख डा. शिवमाया तुम्बाहाङफेले पनि सभामुखको दाबी गरिहेकी छन्। 

सभामुख चयन हुन  नसक्दा पुस ४ गते बसेयता प्रतिनिधि सभाको बैठक तीन पटक स्थगित भइसकेको छ। तत्कालीन माओवादीको भागमा परेको सभामुख पद आफूहरुले पाउनुपर्ने अडान प्रचण्डले राखेका थिए। अध्यक्ष दाहालले सभामुख छाड्न परेमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अर्को अडान लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.