|

काठमाडौं : प्रधानमन्त्री कपी शर्मा ओलीको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभामा प्रश्न उठाएका छन्

आइतवार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओलीलाई यती समूहको ‘डाइरेक्टर’ को पनि संज्ञा दिए। 

‘प्रधानमन्त्री बालुटठारबाट सिंहदरबार आउनै छाडेका छन्। राति सुत्न प्रयोग गरिने बालुवाटारबाटै शासन चलाइरहेका छन्’, उनले भने, ‘देशको प्रशासनिक केन्द्र सिंहदरबार अहिले खाली छ। प्रधानमन्त्री नगएपछि काम नलाग्ने भएको सिंहदरबारमा ताला लगाउने हो कि?’

सांसद रायमाझीले देशको कार्यकारी प्रमुखलाई भेट्न हरेकले उनी सुत्ने ठाउँमा पुग्नु परिरहेको गुनासो गरे। ‘हरेक मान्छेले भेट्नुपर्दा प्रधानमन्त्री सुत्ने ठाउँमा जानुपर्छ। प्रधानमन्त्री सिंहदरबार आउनुपर्‍यो’, उनले अगाडि भने, ‘बालुवाटारमा बसेर पञ्चायत व्यवस्थामा जस्तै सल्लाहकारहरुले बाहिर सारा ठीक छ प्रधानमन्त्रीज्यू भनेपछि सबै कुरा मिल्ने हो?’

सांसद रायमाझीले प्रधानमन्त्रीले कुनै व्यवसायिक संस्थाको डाइरेक्टरको संज्ञा दिए। ‘प्रधानमन्त्री खासमा प्रधानमन्त्री नभइ कुनै व्यवसायिक संस्थाको डाइरेक्टर जस्ता मात्रै भए’, उनले भने, ‘गोकर्ण रिसोर्ट यती समूहलाई दिइएको रहेछ। यतीले दिएको भन्दा ५० करोड रुपैयाँ धेरै म दिन तयार छु, के प्रधानमन्त्रीले आफ्नो कम्पनी छाडेर मलाई दिन तयार हुन्छन्।’

सांसद रायमाझीले संघीय संसद बन्धक भएको एक महिना भइसकेको उल्लेख गरे। ‘संघीय संसद बोलाएको एक महिना भयो।

प्रतिपक्षीले सदन बहिष्कार पनि गरेको छैन’, उनले भने, ‘सत्ता पक्षका कारणले प्रतनिधि सभाको बैठक सूचना टाँसेर अवरोध भइरहेको छ। यस्तो कहिलेसम्म हुने हो?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.