|
फाइल तस्बिर

डडेल्धुरा : डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ।

अमरगढी नगरपालिका ७ भालुमारेमा आइतबार बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रूख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो। डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाको डोजर प्रयोग गरेर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पहिरो र रूखका कारण राजमार्ग अवरुद्ध हुँदा मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहेको भए पनि बस र ट्रकलगायत ठूला सवारी साधन सडकमै रोकिएका थिए।

लगातारको वर्षा र हिमपातपछिको पहिरोले ३ जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको थियो। राजमार्ग सञ्चालनमा आएसँगै बस र ट्रकलगायतका ठूला सवारीसाधन आ-आफ्नो गन्तव्यतिर लागेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.