|

दाङ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा रहेको बताए।  

प्रेस युनियन दाङले आइतबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो बताएका हुन्। उनले एमसिसी पारित गर्ने पक्षमा कांग्रेस रहेको बताए। उनले  भने, 'एमसिसी मेरो पालमा सम्झौता भएको हो। कांग्रेस यसको पक्षमा छ।' 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा पहिलो पटक अमेरिकाले ठूलो राशी आर्थिक सहयोग गर्न लागेकाले यस्तो महत्वपूर्ण  सहयोग कुनै पनि हालतमा रोक्न नहुने बताए। एमसिसीको सहयोगले नेपालको विद्युत् तथा सडक निर्माणमा धेरै ठूलो सहयोग हुने उनले बताए। नेता देउवाले आफ्ना पालामा सम्झौता भए तापनि यसलाई अहिलेको सरकारले अगाडि बनाउन आफू विश्वस्त रहेको पनि बताए।

सभापति देउवाले आफ्नै पालामा बुटवलमा अस्थायी प्रदेश ५ को राजधानी तोकेको बताए। तर अहिलेको सरकारले स्थायी राजधानी तोक्ने बताए। त्यसैगरी उनले राष्ट्रियताको पक्षमा बोल्दा साथीलाई चित्त दुखाई भएको समेत बताए। उनले भने, 'कालापानी, लिपुलेक नेपालको हो, भारतको भन्दा साथीको बढी चित्त दुखेछ।' त्यसैगरी उनले  वर्तमान सरकारले दुई वर्षसम्म राष्ट्रका लागि केही गर्न नसकेको पनि आरोप लगाए।  

उनले अहिलेको सरकारले दुई वर्षमा दुईवटा राम्रा काम पनि गर्न नसकेको आरोप लगाए। साथै उनले यो सरकारले कार्यकर्तालाई पैसा बाड्ने काम मात्र गरेकाले भ्रष्टाचार बढाएको समेत आरोप बताए। सभापति देउवाले कांग्रेसले भद्र र सभ्य तरिकाले प्रतिपक्षको भूमिका निभाइरहेको भन्दै कुनै मुद्दालाई लिएर कांग्रेसले कुर्सी तथा रेलिङ नभाँचेको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.