|

हेटौंडा : १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले जितेको छ। 

मकवानपुरमा पहिलो पटक शहीद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आइतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई टाइ ब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि जितेको हो।

कैलाशको लागि उमेश थिङले निर्णाय गोल गरेका थिए। उपाधि चुमेसँगै कैलाशले एक लाख रुपैयाँ र शिल्ड, मेडल प्राप्त गरेको छ। 

आयोजक टिमले दोस्रो स्थानमा चित्त बुझाउँदै ५० हजार रुपैयाँ र मेडल प्राप्त गरेको छ। विजेता र उपविजेता खेलाडीलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरगढी गाउँपालिकाकी कार्यपालिका सदस्य मानकुमारी नेपाली, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे, प्रतियोगिता संयोजक भीम पाख्रिनले पुरस्कार वितरण गरे। 

पुस २८ गते सुरु प्रतियोगितामा मकवानपुरका सबै १० वटै स्थानीय तहको फुटसल टिमको सहभागिता रहेको थियो। प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च भएको प्रतियोगिताका संयोजक पाख्रिनले बताए। साथै प्रतियोगिता भ्रमण वर्ष २०२० को अवसरमा मकवानपुर गढीका पर्यटकीय क्षेत्रको प्रचार गर्ने समेत उद्देश्यले आयोजना गरिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.