छपाइमा त्रुटि भएको एशोसिएसनको दावी

|

संखुवासभा : यसोधा आयलका निगमका सञ्चालक उत्तम कटुवाललाई कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय संखुवासभाले मुद्दा चलाएपछि पेट्रोलियम डिलर्स एशोसिएसनले बचाउ गरेको छ। खाँदबारी नगरपालिका ९ यसोधा आयलका निगमका सञ्चालक उत्तम कटुवालविरुद्ध कालोबजारी गरेको आरोपमा मुद्दा चलेपछि डिलर्स बचाउमा उत्रिएको हो।

पेट्रोलियम डिलर्स एशोसिएसनले आइतबार नयाँ मूल्य निर्धारण गरेर गत साउनदेखि पटक–पटक तोकेको मूल्यसूची छपाइमा त्रुटि भएको भन्दै कालाबजारी गर्नेको संरक्षणमा उभिएको हो। 

पेट्रोलियम एशोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा पुस ५ गते जारी भएको पत्रमा साउन २२, भदौ २४, मंसिर १७, पुस २, पुस १७ मा जारी गरिएको मूल्य सूचीमा भुलवस राखिएको भन्दै सञ्चालक कटुवालको बचाउ गरेको छ।

एशोसिएसनले भुलवस प्रिन्ट भएकाले सूचीबाट हटाइएको बताएको छ। उपभोक्ताले भने पेट्रोलियम डिलर्स एशोसिएसन कालोबजारीको संरक्षण गरेका आरोप लगाए। यसोधा आयल निगमका सञ्चालक उत्तम कटुवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले कालोबजारीको मुद्दा चलाएपछि त्यसको ढाकछोप गर्ने डिलर्स एशोसिएसनले प्रिन्ट मिस्टेक भएको जनाएको छ।

पेट्रोलियम एशोसिएसनले यसोधा आयलको बचाउ गर्दै ढुंगे बिसौना भन्ने स्थानको पम्पको ठेगाना हटाएर खाँदबारीमै गाभेको छ भने मूल्य पनि खाँदबारीकै राखेको छ। अब उपभोक्ताले डिलर्स एशोसिएसन विराटनगरले उपलव्ध गराएको मूल्य अनुसार प्रतिलिटर डिजेल र पेटोलमा २५ पैसा बढी तिर्नु पर्ने बाध्यता बनाएको छ। डिलर्स एशोसिएसनले उल्टै  कालोबजारी पक्षमा लागेर उपभोक्ता ठग्ने काम भएको स्थानीयको गुनासो छ।

पुस १७ मा डिलर्स एशोसिएसन विराटनगरले दिएको मूल्यभन्दा बढी लिएर सञ्चालक कटुवालले माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप प्रशासनको छ। यसोधा आयलका निगमका सञ्चालक कटुवाललाई जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्याद थपेर कारवाही थालिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

यसोधा आयल निगमले एशोसिएसनले तोकेभन्दा प्रतिलिटर २५ पैसा बढी लिएपछि प्रशासनले सञ्चालक कटुवाललाई कालोबजारी विरुद्धको मुद्दा चलाएको प्रजिअ दुलालले बताए। कटुवाललाई ३ वर्ष अघि पनि पेट्रोलियम पदार्थमा मूल्य बढी लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो।

पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा गत पुस १७ मा जारी भएको मूल्य अनुसार ११४ रुपैयाँ ६५ पैसामा बिक्री गर्नु पर्ने पेटोल र डिजेल १ सय ३ रुपैयाँ ६५ पैसामा बिक्री गर्नुपर्ने छ। तर, कटुवालले पेटोल ११४ रुपैयाँ ९० पैसा र डिजेलमा प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्ने गरेको स्थानीय उपभोक्ताको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.