|

बारा (सिमरा) : डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले   बाराको  कोहल्वी नगरपालिका ६ स्थित सखुई  जुगुवाबाट काठ  चोरी गरिरहेका युवकलाई मोटरसाईकल  पक्राउ गरेको छ। 

वन कार्यालय सिमरा  अन्तर्गतको कोल्हवी सव डिभिजन बाट खटिएको वन गस्ती टोलीले  कोल्हवी ६ स्थित सखुई जुगुवा भन्ने स्थानवाट मोटरसाईकल र साईकल प्रयोग गरी वन क्षेत्रबाट  काठ चोरी तस्करी गरी ल्याई रहेको अवस्थामा  २३ वर्षिय  रमेश चौरीलाई पक्राउ गरेको हो।

चौरीलाई सिसौको गोलिया थान २ (करिब ८  क्यू फिट), मोटरसाईकल थान १, साईकलन थान २ सहित गस्ती टोलिले  शनिवार राति  करिब ९ बजे पक्राउ गरेको डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमद्ले बताए।

काठ चोरी तस्करीमा संलग्न  अन्य ३ जना फरार रहेका छन्। फरार अभियुक्तहरुको खोजी र  अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।  
डिभिजन वन कार्यालयको गस्ती टोलीले यसअघि पनि निमार्णधिन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रको राष्ट्रिय वन भित्रको   टाँगिया बस्तीबाट  ठुलो  परिणाममा काठ बरामत गरेको थियो। 

दुईसाता अघि (पौष २१ गते) डिभिजन वन कार्यालय बाराको टोलीले   टाँगियावस्ती क्षेत्रवाट  स्थानियको घर र  गोठमा लुकाई राखेको अवस्थामा  २५ ओटा ठुला कडि, ३३ क्यिुफिट काठ र ६ ओटा ठुला गोलाई  बरामद गरेको  थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.