|

भारतीय सत्तारुढ दल भाजपाका पश्चिम बंगाल प्रमुख दिलीप घोषले ५० लाख मुसलमानलाई खेद्ने अभिव्यक्ति दिएका छन्। घुसपैठ गरी भारतमा बसिरहेकाहरुको पहिचान गरी ५० लाख मुसलमानलाई देशबाहिर खेदिने घोषले बताएका हुन्। 

एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा घोषले भनेका छन, 'पहिले उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ। यसपछि मूख्यमन्त्री ममता बनर्जीले तुष समेत साँध्न पाउने छैनन्।' पश्चिम बंगालकी मूख्यमन्त्री बनर्जी भाजपा नेतृत्वले ल्याएको नागरिक संशोधन कानूनको विपक्षमा उभिएकी छिन्। 

नागरिकता संशोधन कानूनको विरोध गर्नेहरु भारत र बंगाल विरोधी भएको दावी गर्दै भाजपा नेता घोषले हिन्दु शरणार्थीहरुलाई नागरिकता दिनेबारे उनीहरुले नै विरोध गरिरहेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.