|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछि सर्वसाधरण खुसी भएका छन्। नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगरपालिकाले तीन महिनाअघि नगर बस सञ्चालनमा ल्याएको हो। 

यसअघि पैदल वा सार्वजनिक सवारीसाधानमार्फत महँगोमा यात्रा गरिरहेका स्थानीयहरु अहिले सहुलियत भाडामा यात्रा गर्न पाउँद्या दंग छन्। नगरबस सञ्चालनपछि यात्रामा निकै सहजता भएको स्थानीय गोविन्द घर्तीले बताए। 

‘पहिले नगरपालिकाका सवारी साधन सञ्चालनमा रहे पनि महँगो थियो’ उनले भने, ‘नगरले ठूला बस सञ्चालनमा ल्याएपछि हामीलाई सहज भएको छ।’

नगरपालिकाले सहुलियत भाडा दर कायम गरी २६ र ३२ सिट क्षमता भएका तीन वटा बस सञ्चालनमा ल्याएको छ। यसअघि ५०० रुपैयाँभन्दा बढी भाडा तिरेर यात्रा गर्दै आएका यात्रुहरु अहिले १०० रुपैयाँमा यात्रा गरिरहेका छन्। त्यसमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिइएको विद्यार्थी निराजन केसीले बताए। त्यस्तै, अपाङ्गता भएका, सहिद परिवार र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था छ। पाँच वर्षमुनिका बालबालिका तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था समेत मिलाइएको छ।

शुरुमा तीनवटा बसबाट शुरुवात गरेको सेवा आगामी वर्षमा थप गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ। सडकहरुको स्तरवृद्धि सँगै बस थप गर्ने नगरपालिकाका प्रमुख विशाल शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.