|

उदयपुर : उदयपुरको कटारी नगरपालिका –२ खोक्सा भन्ने ठाउँमा १५ दिनसम्म चल्ने  त्रिवेणी मेला चलिरहेको छ। माघ १ गतेदेखि शुरु भएको मेलाको आज छेटौँ दिन हो। मेला माघ १५ गतेसम्म लाग्ने गर्छ।

त्रिवेणी मेला कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले ‘मैनी मेला’ लाई त्रिवेणी मेलाको भन्ने गरिएको पत्रकार अभि लामिछानेले बताए। तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको परेवा, पाठोको बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्छ, भन्ने जनविस्वास रहेको मेला व्यवस्थापन आयोजक समितिका अध्यक्ष केशव धमलाले जानकारी दिए।

त्रिवेणीधाममा मकर नुहाउनेहरूको बाक्लो भीड देख्‍न सकिन्छ। तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नुहाउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, सोलखुम्बु लगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेको स्थानीययुवा सुवास कटुवालले बताए।  मेलाको आकर्षण सोलखुम्बुको भोटे कुकुर र ओखलढुंगाको राढीपाखी हुने गरेको आयोजक समितिका अध्यक्ष केशव धमलाले बताए।

पूर्वाञ्चल तथा प्रदेश १ कै पुरानो र लामो समय लाग्ने यस मेलालाई व्यवस्थित बनाउन लागिपरेको कटारी–२ का वडा अध्यक्ष प्रेमबहादुर थापाले बताए। थापाले भने, ‘त्रिवेणीमा आज बिहानैदेखि मकर नुहाउनेहरुको घुइँचोसमेत लागेको छ।’ नगरपालिकाले यो मेलालाई भ्रमण वर्ष–२०२० लाई मध्यनजर गरेर मेला व्यवस्थापन गर्न लागिपरेको र भ्रमण वर्षलाई समेत सहयोग पुग्ने भएकाले मेलाको छुट्टै महत्व रहेको कटारी नगरपापलकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जनाकारी दिए।

सिन्धुली र उदयपुरको सीमा क्षेत्रमा पर्ने तावा, कमला र ककरु खोलाको संगमस्थल त्रिवेणीघाटमा गएको वर्ष दुवै साइडमा मेला लागेको थियो। भन्ने यस वर्ष उदयपुरतर्फ मात्र मेला लागेको मेयर श्रेष्ठले जानकारी बताए। मौसम निकै चिसो भए तापनि भक्तजनहरू बिहानैदेखि स्नान गर्न र भाकल गर्न आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.