|

बुटवल : प्रदेश-५ का विपक्षी दलका नेता बलदेश शर्मा पोखरेलको सोमबार दिउँसो निधन भएको छ। पोखरेलको सोमबार दिउँसो २ बजे रूपन्देहीको तिलोत्तमा नगरपालिका-१४ स्थित आफ्नै निवासमा निधन भएको हो।

प्रदेशसभामा ज्येष्ठ सदस्यसमेत रहेका ८२ वर्षीय पोखरेल एक वर्षदेखि फोक्सोको क्यान्सरले थलिएका थिए। रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए भने जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रुपमा निरन्तर पार्टीमा सक्रिय रहेका थिए। पोखरेलको पत्नी, ४ छोरा र २ छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.