|

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैंचाको शालिक पोखरीमा २ जना बालिकाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठान जिल्ला नौबहिनी ५ डाम्रीमा ४ वर्षीया वर्षा थापा र अर्घाखाँची मालारानी ७ रतनचौरकी ६ वर्षीया क्रिष्टिना महत भएको भएको जिल्ला प्रहरीले जनाएको छ।

मृतक बालिका वर्षा आफ्नी सानिमाको घर अर्घाखाँची आएकी थिइन्। मृतक वर्षालाई सानिमाले आफ्नी छोरी क्रिष्टिनासँग वगैंचामा घुमाउन लगेकी थिइन्। बगैंचामा खेल्दाखेल्दै एक्कासी पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.