|

अर्जुन काफ्ले

पथरी (मोरङ) : मोरङको कानेपोखरीबाट हतियार र लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कानेपोखरी चोकमा आइतबार राति चेक जाँचका क्रममा को२ह ३९६८  नम्बरको टेम्पुमा सवार ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने ५ थान गोली र लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिए। 

टेम्पोमा सवार सुन्दरहरैँचा-८ का दिनेश बिक, त्यही ठाउँका गौरव बस्नेत, सुन्दर हरैंचा-९ का उत्सव ढकाल र त्यहीँ ठाउँका रामबहादुर पौडेललाई नियन्त्रणमा लिइएको हो। उनीहरुकै सुचनाका आधारमा सुन्दरहरैंचाका अब्बास मियाको घरबाट एकथान कटुवा पेस्तोल र त्यसको ५ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

टेम्पोमा सवार ४ जनाबाट नाइट्रेभेट २० थान, कोरेक्स, स्पासपोक्रेन लगायतका लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। खोजतलासकै क्रममा मियाको घर सुन्दर हरैचाबाट-५ थान मोबाइलसहित ठुलो परिणाममा लागु औषध नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

लागुऔषध कारोबारमा संलग्न सुनवर्षीका मोहमद मुस्ताबलाईसमेत आइतबार राति नै नियन्त्रणमा लिइएको गिरिले जानकारी दिए। गिरीका अनुसार ग्रामिण बाटोको प्रयोग गरि मुस्ताबले भारतबाट लागु औषध नेपाल भित्र्याउने गरेको खुलेको छ। मियाँले पुर्वी मोरङ र सुनसरीमा लागु औषध बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.