|

सर्लाही : ब्रह्मपुरीकाट प्रहरीले बेवारिसे अवस्थामा मयुरको पँखेटा बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयुरका पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ बेवारिसे अवस्थामा तीन पोका मयुरका पँखेटा बरामद गरेको जनाइएको छ। डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

उक्त पँखेटा भारततर्फ तस्करी गर्न खोजे पनि सीमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुनसक्ने प्रहरीको अनुमान छ। बरामद गरिएका मयुँरका पँखेटाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.