|

उदयपुर : उदयपुरगढी गाउँपालिका–७ अधेरीमा टिपर दुर्घटना चालकको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका चालक कटारी नगरपालिका–२ खोक्साका २२ वर्षीय भूपेन्द्र खत्रीको उपचारको क्रममा मृत्यु भएको हो।

नेपालटारबाट कसमस सिमेन्टको चुनढुंगा बोकेर जनकपुरतर्फ जाँदै गरेको ना ५ ख ५४१० नम्बरको टिपर अनियन्त्रित भई आइतबार दिउँसो साढे ३ बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक खत्रीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थ्ति नोबेल अस्पताल पठाइएको थियो। 

खत्रीको उपचारका क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.