|

काठमाडौ : धरान उपमहानगरपालिकाले आज सार्वजिनक बिदा दिएको छ। पूर्वमेयर ध्यानबहादु राईको निधनको शोकमा आज एक दिन  बिदा घोषणा गरेको हो।

नगर कार्यपालिका मातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ। 

२०४९ सालमा धरानको मेयर बनेका राईको उपचारका क्रममा हिजो पाटन अस्पतालमा निधन भएको थियो। राईको निधनमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले श्रद्धाञ्जली व्यक्त गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.