|
फोटो : शिला तिमल्सिना

काठमाडौं : मकवानपुरको सिमभञ्ज्याङस्थित होटल पानोरमा रिसोर्टबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठजना भारतीय नागरिकको मृत्यु भएको छ। 

मृतक सबैको पहिचान खुलेको छ। मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रन्जित कप‚ ३४ वर्षीया इन्द्र‚ ३७ वर्षीय प्रविण‚ ३२ वर्षीया सरिया‚ ५ वर्षीय अभि‚ ७ वर्षीया चर्चना‚ ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्र रहेको प्रहरीले जनाएको छ।

होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। 

प्रहरीका अनु्सार उनीहरु सोमबार राति ९ बजे होटलमा आएका थिए। भारत केरालाका उनीहरु पोखराबाट दामन बा ३ क ३६८८ नम्बरको बस १५ जनाको समूहमा आएका थिए। उनीहरुले चारवटा रुम बुक गरेको प्रहरीले जनाएको छ।

जसमध्ये मृतकहरु रहेको एउटा रुपमा हिटर बाली सुतेकोमा पाइएको थियो। 

फोटो : शिला तिमल्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.