|

संखुवासभा : संखुवासभाबाट पेस्तोलसहित विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट बमसहित मादी नगरपालिका-५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकाे स्राेतले जानकारी दिएको छ। 

तमाङलाई स्थानीय देउमान राईको गोठबाट पक्राउ गरिएको हो। उनको साथबाट प्रेसर कुकर बम एकथान, सकेट बम एकथान, सुतलीबम एकथान, डेटोनेटरसहित विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने तारहरूसहित पक्राउ गरिएको हो। 

त्यस्तै, सेनाको डिस्पोजल टोलीले त्यहाँ रहेका विस्फोटक पदार्थहरु डिस्पोज गरेको छ। घटनास्थल सदरमुकामबाट एकदिनको पैदल यात्राको दूरीमा छ। पक्राउ परेका तामाङलाई प्रहरीले सदरमुकाम ल्याउँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.