समाज

८ हजार घुस लिएको अभियोगमा प्रहरी हवल्दारविरुद्ध मुद्दा

माघ ७, २०७६

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग‍ ८ हजार घुस मागेको अभियोग लागेको छ।

    आयोगले केही दिन पहिले श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको थियो। आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]