|

दैलेख : संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्मचारीले सेवाको भावना राखेर जनतालाई सेवादिनु पर्ने बताएका छन्।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालय दैलेखको अनुगमनमा आएका मन्त्री रावतले केही कर्मचारी पावर र पहुचको भरमा जनताको सेवा गर्नतर्फ भन्दा पनि राजनीति गर्नतर्फ लाग्ने गरेकाले जनता सेवाबाट बन्चित भएको गुनासो आउँने गरेको बताए। उनले कर्मचारी राजनीतिभन्दा पनि जनतालाई सेवा दिनतर्फ लाग्नु पर्ने बताए।

अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यालय सरसफाइका हिसाबले उत्कृष्ट देखिएकाले यसलाई निन्तरतामा जोड दिनु पर्ने धारणा व्यक्त गरे। उनले नेपालमा संघीयताको अभ्यास पहिले भएकाले कर्मचारी समायोजनमा केही समस्या देखिएको भए पनि स्वास्थ्य मन्त्रालय स्वास्थ्यका कर्मचारी समायोजनको समस्या समाधान गर्नतर्फ लागि रहेको बताए।

उनले अस्पताल व्यवस्थापनका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए। उनले संघीय सरकार पनि देशभरका अस्पतालको स्तर उन्नति गर्नतर्फ लागिरहेको बताउँदै दैलेख जिल्ला अस्पतालमा डाक्टर अभावको समस्यालाई मध्येनजर गर्दै यो समस्याको समाधान गर्नतर्फ मन्त्रालय लाग्ने बताए।

नेपाल सरकारले लागू गरेको बीमा कार्यक्रम सफल बनाउँन स्वास्थ्यका कर्मचारीको भूमिका महत्व पूर्ण हुने बताए। उनले जनतालाई जागरुप गराउनु पर्ने बताउँदै मानिस स्वथ नभए कुनै पनि काम नहुने भएकाले जनतालाई सेवा दिन सधैँ तत्पर रहनु पर्ने बताए। 

देशका विभिन्न जिल्लाको स्वास्थ्य सस्था र अस्पतालहरूको निरीक्षणको क्रममा दैलेख आएका मन्त्री रावतले कर्णाली जनताले औषधि अभावमा बाच्नु पर्ने अवस्थाको अन्त्यका लागि सरकार र आफू स्वयं लागि परेको बताए।

जिल्ला स्वास्थ्य कार्यालय दैलेख ५० शैयाको भए पनि त्यसका लागि आवश्यक पूर्वाधारको अभाव रहेको हुँदा आगामी आर्थिक वर्षको बजेटमा दैलेखको जिल्ला स्वास्थ्य भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता मन्त्री रावतले व्यक्त गरे। उनले सरकारी कोटाबाट पढ्ने डाक्टरले दुर्गम गएर सेवा गर्न नमानेको बताउँदै जनताबाट उठेको करबाट पढेका डाक्टरले दुर्गमका जनतालाई सेवा दिनु पर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.