|

बर्दिया​ : गुलरिया नगरपालिका–६ जिविस रोडमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ।

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउन विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकको २६७ वटा शाखा, ३७ वटा राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ सेवा छन्। यस्तै, नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.