|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल शुरु हुँदैछन्। 

आठौँ चरणको पहिलो खेलमा आज विभागीय टोली नेपाल पुलिस र मच्छिन्द्र क्लब भिड्दैछन्। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ। मच्छिन्द्र क्लब आफ्ना ७ खेलबाट १३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। नेपाल पुलिस भने समान खेलबाट ११ अंकसहित छैटौँ स्थानमा छ। 

सातौँ चरणका खेल सकिँदा त्रिभुवन आर्मी ३ अंकको अग्रतासहित १६ अंक जोडेर शीर्ष स्थानमा छ। त्यस्तै मनाङ मस्र्याङ्दी १३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ भने ११ अंक बनाएको न्युरोड टीम एनआरटी चौथो स्थानमा छ। ७ वटामध्ये कुनै पनि खेलमा जित निकाल्न नसकेको सरस्वती युथ क्लब अन्तिम स्थानमा छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.