|

धादिङ :  मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ। 

घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा (सान्ता) र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो।  खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल लगिएको छ। तामाङको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ। 

मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा समूहमा आएको टोलीले खुकुरी र ढुंगामुढा प्रहार गरेको शान्ताका आफन्तहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार दुई समूहकाबीच पहिलेदेखि जारी रहेको आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुुन्धानले देखाएको छ। घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा धादिङकै नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

धादिङको उत्तरी भेगको दार्खा क्षेत्रमा पेसेवर गुण्डागर्दीमा संलग्न रहेका अशोक तामाङको निर्देशनमा घटना भएको पीडितका आफन्तहरुले बताएका छन्। घटनामा संलग्न राम तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहँदै पटकपटक पक्राउ समेत परिसकेका व्यक्ति हुन्। धादिङ प्रहरीले उत्तरी धादिङका अपराधिक जालो तोड्न बिशेष अभियान सञ्चालन गर्दै आएको पनि हत्या हिंसाका घटनामा कमि आउन भने सकेको छैन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.