पुराना मन्त्रीले स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनाएको जिकिर

|

कञ्चनपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा धेरै विक्रिति र विसंगति रहेको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले स्वाथ्य क्षेत्रमा विकृति रहेको बताउँदै अब सुधार गरिने बताएका हुन्। 

‘स्वास्थ्य क्षेत्रका समस्या बुझ्‍न अनुगमन तथा अस्पतालको निरीक्षण गरिरहेको छु', उनले भने,‘यसिअघिका स्वास्थ्य मन्त्रीहरुका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको हो ।'

बिचौलियाका कारण अधिकांश स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरण काम नलाग्‍ने अवस्थामा रहेको उनले बताए।

‘अस्पताल तथा स्वास्थ्य संस्थामा औजार, उपकरण खरिद गरिन्छ, प्रयोग गरिदैन्,' उनले भने,‘अधिकांश औजार-उपकरण कमिशनमा खरिद गरिँदो रहेछ।  अब यस्ता काम गर्न दिदैनौँ।' सरकारी लागानीमा डाक्टर बनेका व्यक्ति नेपालमा काम नगर्ने गरेको उनको भनाइ छ ।

‘सरकारी लगानीमा डाक्टर बन्छन् तर, विदेशमा काम गर्छन्,' उनले भने, ‘सरकारी लगानीमा डाक्टर बनेकाहरुले काम गर्‍यो भने सबै स्थानीय तहमा एक-एक विशेषज्ञ डाक्टर हुन्छन् ।' स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताए।

यसैगरी, शुक्लाफाँटा नगरपालिका ४ असैंना स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले दुई नम्बरीमा लाग्‍नेलाई टिक्न नदिने बताए। 'एउटै औजारमा करोडौं कमिसन खानेले स्वाथ्य क्षेत्र बन्दैन', उनले भने।

'चुनावमा घोषणा गरेको जेष्ठ नागरिकको भत्ता नबढ्दा सरकारको आचालेचना गर्नेहरु ठूलो स्वरले कराउने गरेका थिए' मन्त्री ढकालले भने, ‘केही भत्ता बढाउँदा मुख बन्द भएको छ। दुई बर्ष भित्रै चुनावी प्रतिवद्धता अनुसार जेष्ठ नागरिकलाई पाँच हजार भत्ता दिने कुरा पुरा गर्छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.