|

दैलेख : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानसिकताबाट छाउ बस्नु पर्छ भन्ने धारणा भत्काउँनु पर्ने बताएका छन्।

छाउपडी समस्याबाट ग्रसित कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारले छाउगोठ भत्काउने अभियानको अनुगमन गर्न आएका उनले दैलेखको दुल्लुमा गरिएको अन्तरक्रिया यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भौतिकरूपमा निर्माण गरिएका छाउ गोठ भत्काउनेभन्दा पनि छाउगोठमा बस्नुपर्छ भन्‍ने मानसिकता मनबाट हटाए मात्रै यस्तो कुपर्थाको अन्त्य हुने बताए।

सरकाले छाउगोठ भत्काएपछि कतिपय गाउँका महिला अहिले छाउगोठ छोडेर पशुचौपाय बाँध्ने गोठमा र खुल्ला आकास मूनि पाल टांगेर बस्न थालेको खबर संचारर माध्याममा आएका उदाहरण दिए। उनले यसका लागि जनचेतनामूलक अभियानमा आफूसहितको टोली स्थलगत अध्ययनमा हिँडेको बताए।

स्थानीय सरकार जनचेतना जगाउन लाग्नु पर्छ 

मन्त्री गुरुङले जनप्रतिनिधिले गाउँ-गाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै जनतालाई सचेत बनाउनतर्फ लाग्नु पर्ने बताए। उनले भने, 'सरकारले कुपर्थाको रूपमा रहेको छाउ पर्था अन्त्य गर्ने अभियान थालेपछि धैरै स्थानमा छाउ गोठ भत्किसकेका छन्।'

स्थानीयबासीभित्र रहेको मनको छाउगोठ भत्काउन सरकारले चेतनामूलक कार्यक्रम सुरु गर्नुपर्ने पनि बताए। 'अभियानमा स्थानीय जनप्रतिनिधिको ठूलो महत्व हुने भएकाले अग्रसर हुँदै मानसिकताको गोठ भत्काउन जनतालाई जागरूप गराउँनतर्फ लाग्नु पर्छ' उनले भने

जनस्तरबाटै छाउँ अन्त्य गरौँ

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले छाउ पर्था अन्त्यका लागि सरकार मात्र लागेर अन्त्य नहुने बताए। उनले जनस्तरबाट छाउ पर्था अन्त्य गरी यो अभियान सफल बनाउँनतर्फ लाग्न आग्रह गरे।

गोठमै गएर सुत्नुपर्ने र घर बाहिर बस्नु पर्ने बाध्यता सुदूरपश्चिम र कर्णालीमा धेरै देखिएकाले मानवता विरोधी गतिविधिको पूर्णरूपमा अन्त्य गर्न सरकार लागेको बताए। यसमा केही हदसम्म सफल भएको भए पनि सबै परिवर्तन जनताबाट हुने भएकाले छाउ पर्था अन्त्य गर्न जनता नै अगाडि लाग्नु पर्ने बताए।

दैलेखमा भत्काइयो २ सय ४१ छाउगोठ

गृह मन्त्रालयको निर्देशनसँगै दैलेखमा अहिलेसम्म २ सय ४१ वटा छाउ गोठ भत्काइ सकिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए।

जिल्लाका पश्चिचमा पर्ने आठबिस नगरपालिका चामूण्डाबिन्द्रासैनी नगरपालिका भैरवी गाउँपालिका दुल्लु नगरपालिका र सुर्खेतसँग सिमाना जोडिएको गुरास गाउँपालिकामा गरी अहिलेसम्म २ सय ४१ वटा छाउगोठ प्रहरीको सक्रियतामा भत्काइएको प्रहरी प्रमुख वलीले बताए।

प्रहरी प्रमुख वलीका अनुसार प्रहरीको सक्रियतामा गोठ भत्काउँर्दै गाउँका जनतालाई छाउ बस्नु हुन्न भन्ने जनचेतनामूलक जानकारी गराएपछि अहिले स्थानीयस्तरका जनताले पनि आफैँ छाउगोठ भत्काउँनतर्फ लागेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.