|

डडेल्धुरा : डडेल्धुरामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरुद्धमा प्रदर्शन गरिएको छ। एमसिसी नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै बुधबार यहाँका युवाले प्रदर्शन गरेका हुन्।

नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसी अगाडि सारेको भन्दै उनीहरूले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका हुन्।

एमसिसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसिसी आएको भन्दै खारेज हुनुपर्ने प्रर्दशनमा सहभागी युवा पदम भण्डारीले बताए।

‘एमसिसी सम्झौता खारेज गर, हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायका नारा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार क्षेत्रमा नेपालको झण्डासहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीमा प्रहरीले हस्तक्षेप गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.