|

अत्यधिक जाडोका कारण मंगोलियामा २६ हजारभन्दा बढी जनावर मरेका छन्। शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावर मरेको मंगोलियाका सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन्।

मंगोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए) का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर मरेका हुन्। देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ। तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै मरेका हुन्।

घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ।

मंगोलियामा जाडो मौसमका बेलामा धेरै जनावर मर्ने गरेको अधिकारीले बताएका छन्। यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण मरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.