|
प्रतीकात्मक तस्वीर

काठमाडौं : हिमपातले ल्याएको चिसोसँगै हुम्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँमा १५ पुसदेखि फैलिएको मौसमी रुघाखोकी र ज्वरो अझै रोकिएको छैन्।६० घरपरिवार रहेको गाउँका प्रत्येक घरमा बिरामी छन्।

उनापानी स्वास्थ्य इकाइमा औषधि नहुँदा फ्लु नियन्त्रणबाहिर गएको अनमी नन्दा फडेराले बताइन्। कतिपयमा दमको समस्यासमेत देखिएको छ  भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो, तर गाउँमा बिरामी बढेका बढ्यै छन्,’ उनले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन्, तर त्यसै फर्काउनुपरेको छ ।’ स्थानीय शिला कार्कीका अनुसार गाउँमा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.