|

भक्तपुर : चाँगुनारायण नगरपालिका–२, महांकालचोकमा बुधवार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। 

तीब्र गतिमा आइरहेको बा ८६ प ४८७१ नम्वरको मोटरसाईकल सडक किनारको खम्बामा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली घर भई दुवाकोटमा बस्दै आएका गणेश बयलकोटीको मृत्यु भएको हो।

भक्तपुरकै एक इँटा भट्टामा जेसिवीमा हेल्पर काम गर्दै आएका २० वर्षिय बयलकोटीलाई दुर्घटनापछि उपचारका लागि दुवाकोटस्थित केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी प्रभाव दुवकोटका प्रमुख रमेश राईले जानकारी दिए।  घटनाको थप अनुसन्धान भई रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.