|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा दुईदिने विद्यालय शिक्षा सम्मेलन शूरु हुँदैछ। 

होटल हायतमा हुने सम्मेलनको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन्। सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पनि उपस्थित रहनेछ।

३ सय जनाको सहभागिता रहने उक्त ‘विद्यालय शिक्षा’ सम्मेलनमा सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, निजी विद्यालयका प्रिन्सिपल, संचालक, सामुदायिक विद्यालयका प्रधानध्यापक, शिक्षक, शिक्षा नीति निर्माण गर्ने कानुनविद्‌हरुकाे उपस्थिती रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.