|
फाइल फोटो

काठमाडौं : गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन्। जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरेलगात्तै मनाङेलाई प्रहरी हिरासतमा लिएको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत कास्कीले मनाङेविरुद्ध बिहीबार नै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।

मनाङेलाई बिहीबार दिउँसो चार बजे पक्राउ गरिएको जिल्ला प्रहरी कास्की स्रोतले जानकारी दिएको छ।

बुधबार गुरुङले गण्डकी प्रदेशसभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए। 

मंगलबारबाट सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई व्यवस्थापन नमिलाएको, टाइसिट बनाउँदा एकलौटी गरेको ठगेको भन्दै मनाङेले झापड हानेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.