|

डोटी : डोटीमा राष्ट्रियसभा निर्वाचनमा दुई सय २७ जनाले मतदान गरेका छन। सुदूरपश्चिम प्रदेशमा कुल दुई सय २९ जना मध्य दुईले मात्र मतदान गरेनन्। बिहान १० बजेदेखि अपरान्ह ४:०० बजेसम्म गरिएको मतदानमा प्रदेशसभा सदस्य मिना साउँद र सैपाल गाउँपालिका बझाङका उपाध्यक्ष कल्पना बोहराले मतदान गरेनन्।

एक महिला र एक अन्य गरी दुईजनाका लागि भएको निर्वाचनमा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट तारमान स्वार र शारदा भट्ट, नेपाली कांग्रेसका तर्फबाट तुलसिदेवी देवकोटा र प्रताव सिं ठगुन्ना उम्मेदवार रहेका छन।

सुदूरपश्चिम प्रदेशसभाका प्रदेश सदस्य ५२ जना, ८८ स्थानीय तहका ८८ प्रमुख र ८७ जना उपप्रमुखले मतदान गरेका छन। मतदान कार्यसम्पन्न भएलगत्तै सर्बदलीय बैठक बसेर मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए।

मत गणनाको अन्तिम मत परिणाम बिहीबार नै आउने मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए। मत गणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गणना हुने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.