|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल  पक्ष र कृष्णप्रसाद सिटौला पक्षका नेताहरू पार्टी महामन्त्री शशांक कोइराला निवासमा छलफलका लागि भेला भएका छन्। 

महराजगञ्जस्थित महामन्त्री शशांक कोइरालानिवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतको सहभागी रहेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार देउवा र  पौडेलबीच हुने छलफलको रणनीति तय गर्न नेताहरू भेला भएका हुन्।  त्यस्तै बुधबार साँझ सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउन महामन्त्री कोइरालाले भेला डाकेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.