थ्रीस्टार शिर्ष ३ मा उक्लियो

|
फाइल फोटो

काठमाडाै‌ं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपिएफ जाउलाखेल युथ क्लबसँग स्तब्ध भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा जाउलाखेलले एपीएफमाथि १-० को जित निकालेको हो।

जाउलाखेललाई जित दिलाउन खेलको ७१औँ मिनेटमा विदेशी खेलाडी म्यान अफ दी म्याच फोडे फोफानाले निर्णायक गोल गरे। आजको जितसँगै जाउलाखेल ८ बाट पाँचौ स्थानमा उक्लिएको छ। जाउलाखेलले ८ खेलबाट कुल १२ अंक बनाएको छ।

अंक तालिकामा आर्मी ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ८ खेलबाट समान १६ अंक छ। मनाङ मस्र्याङदी क्लब ७ खेलबाट १३ अंक बनाउँदै तालिकाको चौथो स्थानमा छ।

आजै हिमालयन शेर्पालाई पराजित गर्दै थ्रीस्टार तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष तीनमा उक्लिने क्रममा थ्रीस्टारले शेर्पालाई ३-१ को गोल अन्तरले हरायो। दशरथ रंगशालामा खेल सुरु भएको छैठौं मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थ्रीस्टारका लागि म्यान अफ दी म्याच सन्जोग राई र विदेशी खेलाडी वोसु ओलादीरान हजमतले एकएक गोल  थपे। हिमालयन शेर्पाको तर्फबाट स्टेफन समिरले सान्त्वना गोल फर्काएका थिए।

८ खेल खेलिसकेको थ्रीस्टारले ४ मा जित हासिल गर्दा २ खेल बरावरी गरेको छ। शेर्पा ७ अंकसहित ११ औं स्थानमा छ। १३ औं स्थानमा रहेको एपीएफको ५ अंक छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.