|

धुनषा : राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा दाजु विजयी हुँदा भाइ पराजित भएका छन्। एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव विजयी हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्। 

बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। प्रदेश २ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनीहरुमध्ये नेकपा-राजपा गठबन्धनबाट उठेका मृगेन्द्रले जित निकाले।

उनले ५४ सय मत ल्याउँदै राष्ट्रिय सभा सदस्यको पद पक्का गरे। पराजित उनका भाइ अनिरुद्धले ४५१२ ल्याए। उनी कांग्रेस-समाजवादी गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए।

सप्तरीको बोदेवसाइन नगरपालिकाका अनिरुद्र सिंह यादव राजपाबाट र अनिरुद्रका भाई मृगेन्द्र सिंह समाजवादी पार्टीबाट उम्मेदवार थिए। यसअघि पनि यी दाजुभाइ फरक–फरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिसकेका थिए। 

तर, दुवै भाई पराजित भएका थिए। यो पटक भने दाजुलाई नेकपा-राजपा गठबन्धनले जिताएको हो।  २०७० सालको संविधानसभाको चुनावमा दाइ अनिरुद्र तत्कालीन मधेसी जनाधिकार फोरमबाट र भाई मृगेन्द्र तत्कालीन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट चुनावी प्रतिस्पर्धामा थिए। तर, त्यो बेला दुवै पराजित भएका थिए।

उनीहरु चुनाव लडेको क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए। मृगेन्द्र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर-४ बाट उम्मेदवार बनेका थिए। 

त्यसबेला पनि उनी कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भएका थिए।  प्रदेश २ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा समाजवादीले नेपाली कांग्रेससँग र राजपाले सत्तारुढ दल नेकपासँग चुनावी तालमेल गरेका थिए।

अनिरुद्र एमालेको राजनीतिबाट उदाएका हुन्। मृगेन्द्रले सुरुमा कांग्रेसको राजनीति गरेका थिए। अनिरुद्र तत्कालीन एमालेबाट तत्कालीन मधेसी जनाधिकार फोरम नेपालमा प्रवेश गरेका थिए।

मृगेन्द्रसिंह यादव कांग्रेसबाट तत्कालीन सद्‍भावना पार्टीमा लागेका थिए। ज्ञानेन्द्र शाहको शाही शासनका बेला उनी अञ्‍चलाधीश बनेका थिए। त्यसपछि उनी फोरम नेपालमा पुगे। फोरम फुट्दा उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा लागे। 

उनी त्यहाँ पनि बसेनन्। गच्छदारको पार्टी छाडेका उनी सद्‍भावनामा फर्किएर राजनीति गरे। अहिले उनी राजपा नेपालका उपाध्यक्ष छन्। नाता दाजुभाइको तर सम्बन्ध चाहिँ पक्ष प्रतिक्षको जस्तो छ उनीहरुको । 

प्रदेश २ मा यसअघि महिलातर्फ नेकपाकी तुलसा दहाल र दलिततर्फ नेकपाकै राधेश्याम निर्वाचित भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.