|

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबैजना नेकपाकै उम्मेदवार निर्वाचित भएका छन्। बिहीबार भएको राष्ट्रियसभाको मतदानमा नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन्।

अच्छामी ६ हजार ३ सय ३० मतभार पाए। उनी दलिततर्फका सदस्यमा निर्वाचित भएक हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नीरबहादुर विकले २७ सय १८ मतभार पाउँदा समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए।

त्यसैगरी, महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएर विजयी पाइन्। अन्यतर्फ दाहालले ६ हजार २ सय ३४ मतभार पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए।

राष्ट्रियसभाको मतदान बिहीबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.