तीन मत बदर

|

डोटी : राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी हुन भने स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरेका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार देवकोटाभन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतभारले पछि पार्दै विजयी भएकी हुन्। नेकपाका उम्मेदवार तारामान स्वारका प्रतिद्वन्द्वी प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरेका छन।

कांग्रेस उम्मेदवार ठगुन्नाभन्दा स्वारले १ एक हजार ८ सय ७२ ठीक दोब्बर मतले विजयी भएका हुन्। राष्ट्रियसभा निर्वाचनका लागि भएको मतदानमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदानमा तीन मत बदर भएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए। एक मत अर्को मतपेटीकामा खसेको र दुई मत बक्सभन्दा बाहिर मतदान गरेका कारण बदर भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.