विश्व

जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश

माघ ९, २०७६

    संयुक्त राष्ट्रसंघको उच्च अदालतले जातीय संहार तत्काल रोक्न म्यानमारलाई आदेश दिएको छ।

    बौद्ध देशको अल्पसंख्यक रोहिङ्ग्या मुस्लीम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार आदेश दिएको राष्ट्रसंघीय अधिकारीले जनाएका छन्।

    सन् २०१७ देखि म्यानमारमा भएको रोहिङ्ग्याविरुद्धको हिंसाको बारेमा राष्ट्रसंघको उच्च अदालतले पहिलो पटक आदेश दिएको हो। सरकारी पक्षले गरेको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या समुदायका बासिन्दा विस्थापित भएर छिमेकी मुलुक बङ्लादेश पुगेका छन्।

    हेगस्थित अन्तर्राष्ट्रिय अदालतले म्यानमारमा भएको घटनालाई गम्भीर रूपमा लिइएको पनि जनाएको छ। विषेश गरेर गाम्बीयाको नेतृत्वमा रहेको मुस्लीम अफ्रिकी देशहरूले सन् १९४८ मा बनाएको जातीय संहारसम्वन्धी घोषणापत्रलाई आधार मानेर अन्तराष्ट्रिय अदालतले आदेश दिएको हो।

    इजलासको अध्यक्षता गर्नुभएका न्यायाधीश अब्दुलक्वावी महमद युसुफले घोषणापत्र अनुसारका सवै व्यवस्था म्यानमारले कार्यान्वयन गर्नै पर्ने बताए।

    पीडित समुदायका मारिएका व्यक्तिहरू, घाइते तथा अन्य शारीरिक पीडामा परेकाहरूको बारेमा पनि अदालतले चिन्ता जनाएको छ। उनले भने, 'यस बारेमा अदालतको धारणा यस्तो छ की म्यानमारमा रोहिङ्ग्या समुदायका व्यक्तिहरुमाथि अति नै धेरै आघात हुने काम भएको छ।'   

    अदालतले उनीहरूमाथि भएको व्यवहारका बारेमा सुरुमा अहिले चार महिनाभित्रमा र त्यसपछि हरेक छ महिनामा प्रतिवेदन पेश गर्न पनि म्यानमारलाई आदेश दिएको छ। घटनाका बारेमा अदालतमा उजुरी दिएको गाम्बियाले अल्पत्र परेर रोकिएको यससम्बन्धी मुद्दाको बारेमा छानविन गर्न पनि माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]