|

न्यूयोर्क : संयुक्त राष्ट्रसंघको उच्च अदालतले जातिय संहार तत्काल रोक्न म्यानमारलाई आदेश दिएको छ।

बौद्ध देशको अल्पसंख्यक रोहिङ्ग्या मुस्लीम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार आदेश दिएको राष्ट्रसंघीय अधिकारीले जनाएका छन्। 

सन् २०१७ देखि म्यानमारमा भएको रोहिंङ्ग्या विरुद्धको हिंसाको बारेमा राष्ट्रसंघको उच्च अदालतले पहिलो पटक आदेश दिएको हो। सरकारी पक्षले गरेको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या समुदायका बासिन्दा विस्थापित भएर छिमेकी मुलुक बङ्लादेश पुगेका छन्।

हेगस्थित अन्तर्राष्ट्रिय अदालतले म्यानमारमा भएको घटनालाई गम्भीर रूपमा लिइएको पनि जनाएको छ। विषेश गरेर गाम्बियाको नेतृत्वमा रहेको मुस्लिम अफ्रिकी देशहरूले सन् १९४८ मा बनाएको जातीय संहारसम्बन्धी घोषणापत्रलाई आधार मानेर अन्तराष्ट्रिय अदालतले आदेश दिएको हो। 

इजलासको अध्यक्षता गरेका न्यायाधीश अब्दुलक्वावी महमद युसुफले घोषणापत्र अनुसारका सवै व्यवस्था म्यानमारले कार्यान्वयन गर्नै पर्ने बताए। 

पीडित समुदायका मारिएका व्यक्तिहरू, घाइते तथा अन्य शारीरिक पिडामा परेकाहरूको बारेमा पनि अदालतले चिन्ता जनाएको छ। 

'यसबारेमा म्यानमारमा रोहिङ्ग्या समुदायका व्यक्तिहरुमाथि अति नै धेरै आघात हुने काम भएको छ', आदेशमा भनिएको छ।

अदालतले उनीहरुमाथि भएको व्यवहारका बारेमा सुरुमा अहिले चार महिनाभित्रमा र त्यसपछि हरेक छ महिनामा प्रतिवेदन पेश गर्न पनि म्यानमारलाई आदेश दिएको छ।

घटनाबारेमा अदालतमा उजुरी दिएको गाम्बियाले अल्पत्र परेर रोकिएको यससम्वन्धी मुद्दाको बारेमा छानविन गर्न पनि माग गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.