|

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतमा सन् २०२१ मा आयोजना हुने टी–२० विश्वकप छनोटको तालिका सार्वजनिक गरेको छ। 

जसमा नेपालले क्षेत्रीय छनोट खेल्न नपर्ने भएको छ। १ जनवरी २०२० को वरियतामा समावेश भएका कारण नेपालसहित चार देश सोझै ग्लोबल (फाइनल) छनोटमा स्थान बनाउन सफल भए। 

आगामी १८ अक्टोबरबाट अस्ट्रेलियामा शुरु हुन लागेको टी–२० विश्वकप छनोटका क्रममा नेपाल ग्लोबल छनोटमा पूग्नै असफल भएको थियो। तर बरियताका कारण २०२१ मा भारतमा आयोजना हुने विश्वकपमा भने नेपालसहित जिम्बाब्वे, युएई र हंगकंङले सोझै ग्लोबल छनोटमा स्थान बनाएका हुन्। यसै वर्ष अस्ट्रेलियमा हुने विश्वकपमा स्थान बनाएका १६ मध्ये शीर्ष १२ टिमले आगामी वर्षको विश्वकपमा सोझै स्थान बनाउने छन्। 

विश्वकपको पुछारमा रहने चार टिम भने ग्लोबल छनोटका लागि झर्नु पर्ने छ। जनवरी १, २०२० मा ट्वान्टी ट्वान्टी बरियतामा रहन सफल चार टिम अस्ट्रेलिया विश्वकपको पुछारमा रहने चारसहित ८ टिम र अन्य क्षेत्रिय छनोट पार गरेर आएका ८ टिमगरी कुल १६ टिमबिच दुई समुहमा रहेर प्रतिस्पर्धा हुने आईसीसीले जनाएको छ। जसमा शीर्ष चारमा रहने टिमले भारत विश्वकपमा स्थान बनाउने छन्। 

भारत विश्वकपका लागि क्षेत्रिय छनोट मार्चदेखि सेप्टेम्बर २०२० सम्म र ग्लोबल छनोट मार्च र जुलाई २०२१ मा हुने आइसीसीले जानकारी दिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.