|

काठमाडौं : बागमती प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तामाङ समुदायको चाड सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिइएको वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक सूचना जारी गरी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सोनाम ल्होछार भने भोलि मनाइँदैछ। प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर बिदा हुने बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसुधन बुर्लाकोटीले जानकारी दिए। 

काठमाडौं उपत्यकाको हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने उनले बताए। गृह मन्त्रालयले गत वैशाखमा प्रकाशित गरेको राजपत्रअनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा सबै बन्द रहने छन्। 

केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाड, पर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.