ब्रेक्जिटसम्बन्धी विधेयक महारानी एलिजावेथबाट स्वीकृत

|

एजेन्सी : बेलायत युरोपेली युनियन (ईयू) बाट अलग्गिने बाटो खुलेको छ। बेलायतको संसदबाट यसका लागि पारित ब्रेक्जिट बिल महारानी एलिजाबेथ द्वितीयले स्वीकृति दिएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

महारानी एलिजाबेथले स्वीकृति दिएसँगै यो विधेयकले कानुनको रुप धारण गरेको छ। सरकारले दुवै सदनबाट पारित भएपछि यो विधेयक महारानी एलिजावेथ समक्ष पेश गरेको थियो। 

दुवै सदनबाट विधेयक पारित भएलगत्तै प्रधानमन्त्री बोरिस जोनसोनले सुनौलो भविष्यको निर्माणमा जुट्ने संकल्प गरेका थिए। महारानीले स्वीकृत गरेसँगै अब ईयूबाट बेलायतको दशकौं पुरानो सम्बन्ध समाप्त हुनेछ। 

बेलायत यही जनवरी ३१ मा युरोपेली संघ ईयूबाट अलग्गिनेछ। बेलायत सन् १९७३ मा इयूको सदस्य बनेको थियो। ईयूमा अहिले २८ सदस्य राष्ट्र छन्।

बेलायत इयूबाट छुट्ठिने पहिलो देश बन्दैछ। ब्रेक्जिटको मुद्धामा २०१६ मा बेलायतमा जनमत संग्रह हुँदा ५० प्रतिशत मत बेलायत इयूबाट हुनुपर्ने पक्षमा परेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.