|
फाइल फोटो

काठमाडाैं : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई अनुसन्धानको लागि म्याद थप गरिएको छ। बिहीबार पक्राउ परेका सांसद मनाङेलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको कास्की प्रहरीले जानकारी दिएको छ। 

मनाङेलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको थियो।  

 बुधबार गुरुङले गण्डकी प्रदेशसभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए। मंगलबारबाट सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई व्यवस्थापन नमिलाएको, टाइसिट बनाउँदा एकलौटी गरेको ठगेको भन्दै मनाङेले झापड हानेका थिए। 

मनाङेविरुद्ध उजुरी दिने एन्फा अध्यक्ष गुरुङलाई पनि कास्की प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.