'कर्जा लगानीको सिलिङ तोक्ने नपरोस्'
'कर्जा लगानीको सिलिङ तोक्ने नपरोस्'
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेप र कर्जाबीचको ब्याजजदर अन्तर (स्प्रेडदर) पालना गराउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन्। उनले राष्ट्र बैंकले त्यस्तो स्प्रेडदर पालना गराएको वा नगराउने विषयमा अर्थ मन्त्रालयबाट अनुगमन पनि गरिने बताएका छन्।
राष्ट्र बैंकलाई निर्देशन छ, ब्याजदर फरकलाई पालना गराउनु तपाईंहरूमाथि पनि हामी नियमन गररहेका छौँ' राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिक उत्सवको अवसरमा खतिवडाले भने। उनले सरकारको पूर्ण-स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकलाई बचतकर्तालाई नबिच्काउनका लागिसमेत आग्रह गरेका छन्। 'ब्याजदरमा समाहित गर्नुपर्ने हुन्छ, बचतकर्तालाई बिच्क्यायो भने हामो आधार फेरि कमजोर बन्न सक्छ' खतिवडाले भने।
अर्थमन्त्री खतिवडाले बैंकहरूलाई गुणस्तरीय कर्जा विस्तारमा लाग्नको लागि आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले कर्जा विस्तारको अवस्थालाई ध्यान दिन आग्रह गरिरहेको अवस्थामा अर्थमन्त्री खतिवडाले शुक्रबार अब गुणस्तरीय कर्जा विस्तारमा ध्यान दिनको लागि आग्रह गरेका हुन्।
कर्जा वृद्धिको प्रभाव उत्पादन वृद्धिमा नदेखिए वा अनुत्पादक क्षेत्रमा कर्जा बढी भए विगत जस्तै कर्जाको सिलिङ तोक्नुपर्ने अवस्था आउने बताए। 'विगतमा यो बैंकले यतिसम्म कर्जा विस्तार गर्ने भनेर सिलिङ तोक्ने गरिन्थ्यो अहिले त्यस्तो अवस्था नआओस्, गुणस्तरीय कर्जा विस्तामा ध्यान दिनुहोला' खतिवडाले भने। उनले दीर्घकालीन ऋण दिँदा फिक्स करिडोर बनाउनका लागिसमेत आग्रह गरेका छन्। उनले वाणिज्य बैंकहरूलाई अझै पनि मर्जरमा जान आग्रह गरेका छन्। थोरै बैंक भएकै आधारमा वित्तीय पहुँच कम नहुने बताए।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले बैंकलाई थप प्रभावकारी र प्रतिस्पर्धी गराउनको लागि रणनीतिक योजना अघि बढाएको जनाएका छन्। एक खर्ब ९७ अर्ब निक्षेप, एक खर्ब ५० अर्ब कर्जा रहेको यस बैंकका २३८ शाखा, २०६ एटिएम रहेका छन् भने आर्थिक वर्ष २०७५/७६ मा पाँच अर्ब चार करोड नाफा कमाएको थियो। बैंकले ३१ लाख बैंकिङ ग्राहक रहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।