धनुषाका विरामीको रगतको रिपोर्ट पोजेटिभ

|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। केही दिनअघि चीनको वुहानबाट फर्किएका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो।

चीनबाट फर्किएपछि बिरामी भइ शुक्रराज सरुवा रोग अस्पताल टेकु पुगेका उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो। कोरोना भाइरस संक्रमण भएका ती विरामी धनुषाका भएको जानकारी प्राप्त भएको छ। 

विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाइएको रगतको उक्त नमूना परीक्षणबाट नेपाली युवक कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको हो।

यसबारेको जानकारी शुक्रवार साँझ स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पत्रकार सम्मेलन गरेर दिएका हुन्। कोरोनाको संक्रमण भएका विरामीलाई अहिले चिकित्सकको उच्च निगरानीमा राखेर उपचार गरिँदैछ।

शुक्रवार पनि अन्य तीनजना शंकास्पद बिरामी टेकु अस्पताल पुगेका छन्। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चीनसहितका चार मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राख्न थालिसकेको छ।

चीनको वुहानबाट पुस अन्तिममा फर्किएका एक नेपाली विद्यार्थीलाई टेकु अस्पतालमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखेका थिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएका उनको रगत परीक्षणका लागि हङकङ पठाइएको थियो।

के हो कोरोना?

कोरोना भाइरसहरुको एउटा समूह हो। यसले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्छ। चीनमा यो तीव्र रुपमा फैलिन थालेको छ। जापानमा पनि एकजनामा यो भाइरस देखिएको खबर बाहिर आएको छ।

नेपालका सरकारी प्रयोगशालमा यसको पुष्टि हुने मापदण्ड छैन। तर नेपालका केही निजी अस्पतालमा भने परिक्षण हुने भएकाले  प्रकोप भएको ठाउँबाट आएका विरामीलाई निगरानीमा राखिएको समेत शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुपा बाँस्तोलाले बताए। उनले भने, ‘हामीले चीनको हुवान राज्यमा १४ भन्दा बढी दिन घुमेर नेपाल आएकाहरुलाई निगरानीमा राखिएको छौं।‘

सम्बन्धित समाचार

कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा

चीनमा कोरोना भाइरसले नयाँ वर्ष प्रभावित, भीडमा नजान सर्वसाधारणलाई सरकारको आग्रह

कोरोना भाइरस सरूवा रोग भएको पुष्टि, संकटकाल घोषणा हुनसक्ने

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १७ पुग्यो, शहर नै शिलबन्दी, यात्रामा प्रतिबन्ध

कोरोना भाइरसको जोखिम : चीनसहित चार देशका यात्रुमाथि एयरपोर्टमै उच्च निगरानी

कोरोना भाइरस जोखिमप्रति सरकारले अपनायो सतर्कता

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.