समाज

बाह्रखरी बुक्सको कथा प्रतियोगिता घोषणा

माघ १०, २०७६

    काठमाडौं : बाह्रखरी बुक्सले दोश्रो बाह्रखरी कथा प्रतियोगिता घोषणा गरेको छ।

    बाह्रखरी बुक्सले शुक्रबार विशेष कार्यक्रम गरी दोश्रो कथा प्रतियोगिता आव्हान गरिएको बारे जानकारी गराएको हो। प्रतियोगितामा प्रथम हुनेले १ लाख , दोश्रोले ६० हजार र तेश्रोले ४० हजार रुपैयाँसहित अवार्ड र प्रमाणपत्र पाउनेछन्।

    प्रतियोगिताका लागि प्राप्त कथा छनोट दुई चरणमा गरिने छ। बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले प्राप्त कथामध्ये उत्कृष्ट ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ। ती कथा मध्येबाट निर्णायक मण्डलले उत्कृष्ट कथा २०७७ पुस्तकका लागि २५ कथा छान्ने छन्। साथै तीनै २५ कथा मध्येबाट पहिलो, दोश्रो र तेश्रो छानिनेछ।

    कथा प्रतियोगिता घोषणा सभामा बाह्रखरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न गरिएको कथा प्रतियोगितामा भाग लिन देशभित्र र बाहिर रहेका सबै नेपाली कथा लेखकलाई आग्रह गरे।

    बाह्रखरी बुक्सले वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ सम्मिलित कथा प्रतियोगिता निर्णायक मण्डल गठन गरेको छ। सोही निर्णायक मण्डलबाट उत्कृष्ट कथा चयन हुनेछ। प्रतियोगिताका लागि १५ सय देखि बढीमा ४ हजार शब्दभित्र नेपाली भाषामा लेखिएको कथा हुनुपर्नेछ।

    प्रतियोगितले फागुन १० गतेभित्र बाह्रखरीको इमेल ठेगानामा कथा पठाइसक्नुपर्ने छ। बाह्रखरीले गतबर्ष पनि उत्कृष्ट कथा प्रतियोगिता आयोजना गरेको थियो। उत्कृष्ट कथा २०७६ को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]