|

डडेल्धुरा : डडेल्धुरामा अवैध गर्भपतन गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका-५ की २२ वर्षीय ‘हरू’ भनिने हरिना भट्ट र वडा नं. ४ तल्लो खलंगा घर भई हाल अमरगढी नगरपालिका–५ बागबजारका ३६ वर्षीय डम्बरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अवैध गर्भपतन गरेको अभियोगमा प्राप्त जाहेरी दरखास्तको आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। महिलाको परिवारबाट प्रहरीमा जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवै विवाहित हुन्।

डिएसपी न्यौपानेका अनुसार गर्भपतनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेकी महिलाका श्रीमान् वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.