|

दाङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अब देशमा दुई वटा राजनीतिक विचार धार भएका पार्टीहरूका बीच मात्र प्रतिस्पर्धा हुने बताए।

शुक्रबार दाङको तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्स संघले आयोजना गरेको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। मन्त्री भट्टराईले भने,‘ एउटा बामपन्थी समाजवादको विचार धार भएको (नेकपा) र अर्काे उदारवादी प्रजातन्त्रवादी विचार भएको नेपाली कांग्रेसबीचमा प्रतिस्पर्धा हुने छ।’

यो २ वटा विचार धारको प्रतिस्पर्धाले नै देशको अगाडि बढाउने छ। त्यसै गरी उनले अब देशमा कुनै पनि पार्टीहरूका बीचमा कुन व्यवस्था भनेर छलफल गर्नुपर्ने अवस्था नभएको भन्दै राजनीतिक मुद्दा संविधान जारी भएसँगै समाधान भएको बताए।

त्यसैगरी मन्त्री भट्टराईले कांग्रेस र कम्युनिष्ट भन्ने पनि त्यो राजनीतिक व्यवस्थाकोे लागि प्रतिस्पर्धा नभई  मुलकको आर्थिक र समृद्धिकोे लागि प्रतिस्पर्धा भएको बताए। उनले भने,‘ कुन पार्टीले जितको स्थानीय राम्रो ढंगले चलेको अबको प्रतिस्पर्धा त्यो हो। (नेकपा) ले जितेको स्थानीय तहमा त्यहाँको शिक्षा, स्वास्थ्य, उद्योग व्यवसायी गर्ने अनुकूल वातावरण पाउछन् कि पाउँदैन्? अब नेकपा र कांग्रेसकाको जनप्रतिनिधिको परीक्षा त्यहाँ हुन्छ।' 

त्यसैगरी पर्यटन मन्त्री भट्टराईले देशलाई अगाडि बढाउनको लागी सबै राजनीतिक दलहरू एकताबद्ध रुपमा सहमति भएमात्र यो देश सही दिशामा अगाडि बढ्ने बताए। त्यसैगरी उनले अब नेपालको पहिचानलाई बदल्दै पहिचान बनाउनु पर्ने समेत बताए। मन्त्री भट्टराईले भने,‘यो सगरमाथाको देश हो। गौतम बुद्धको देश हो।यो परिश्रम गर्ने बहादुर नेपालीको देश भएकोले अबको केही वर्षमा यो देशका नेपालीको परिश्रम र कुशल सरकारबाट नयाँ दिशामा अगाडि बढ्न सक्छ। जसले नेपाललाई विश्वसामू चिनाउन  सहयोग पुग्छ।’

त्यसैगरी पर्यटन मन्त्री दाङका टरीगाउँ विमान स्थलको स्तर उन्नति हुने बताए। उनले भने,‘ तुलसीपुरका मेयरदेखि दाङबाट प्रतिनिधित्व गर्ने सांसदहहरूले समेत पटक-पटक मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराएका छन्। विमानस्थलको स्तर उन्नति र इन्धन डिपोको काम सरकारले अघि बढाएको छ।’

‘मलाई यहाँ बोलाउनुको मुख्य एजेन्डा विमान स्थलको स्तर वृद्धि भन्ने नै लागेको थियो। एयरपोर्ट बनाउन तपाइँहरूले हस्तारक्षर गरेर बुझाउनै लागि पैसा खर्च गर्नु पर्ने काम थिएन', उनले भने,‘इन्धन डिपोको स्थापनाका लागि नेपाल वायु सेवा निगमलाई जग्गा उपलब्ध गराउन आयल निगमसँग सम्झौता भइसकेको छ। त्यसका लागी तपाइँहरूले निगमको ध्यानाकर्षण गराउनु होला।’

टरिगाउँ एयरर्पाेको  प्रभावकारी सञ्चालन र व्यवस्थापनको माग गर्दै तुलसीपुर उद्योग बाणिज्य संघले मन्त्री भट्टराईलाई ११९ पेजको ज्ञापन पत्र र १२५० मिटर कपडा हस्ताक्षर गरेको पर्यटन मन्त्रीलाई बुझाएको छ। शुक्रबारदेखि तुलसीपुरमा लागको महोत्सव यही माघ २० सम्म लाग्ने आयोजकले जनाएको छ।

महोत्सवबाट बचत भएको रकमले तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागको बहुआयामिक सभा हललाई पूर्णता दिने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक वीरबहादुर रावतले बताए।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने  र करिब एक करोड आर्थिक बचत गर्ने लक्ष्य लिएको समेत उनले बाताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.